काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् । पार्टीको उपत्यका प्रदेश विशेष समितिले मंगलबार बिहान आयोजना गरेको कार्यक्रममा बोलदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताएका हुन् ।
‘हिजो त्यो क्रान्ती विचार राजनीतिका दृष्टिकोणले एउटा स्पष्टतासहित तल सानो गाउँ र थोरैबाट सुरु गरिएको थियो । सरकार र पार्टीे नेतृत्वको हैसियतले यो व्याटलको सूरुवात माथिबाट गरेन भने हामीले समावाजवादको आधार तयार गर्न सकिंदैन,’ प्रधानमन्त्री दाहालले भने,‘सरकार र पार्टीको नेतृत्व कर्ताको हिसावले म आफैले व्याटलको सूरुवात गरेको छु ।’
अहिलेको व्याटलमा सबैको साथ र सहयोग आवश्यक पर्ने जनाउँदै प्रधानमन्त्री दाहालले भने,‘अब समाजवादको नयाँ यात्रा जानुपर्छ ।’ उनले हिजो जनयुद्ध सूरु गर्दा जुन विचारभावमा पहल गरेको र चौथो केन्द्रीय समितीको बैठकबाट समाजवादी क्रान्तिको सुरुवात भएको बताए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार