काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद आस्मा कुमारी चौधरीले उठाएको प्रश्नको जवाफमा उनले रोगको रोगथामको लागि संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका कार्य भईरहेको र सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको जानकारी दिएका हुन् ।
उनले भने,‘आँखा पाक्ने भाईरल रोग रोक्न तथा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सुरु गरेको छ । समुदाय स्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यहरुका साथ सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका प्रवद्र्धनमा बिभिन्न कार्यपनि भईरहेको छ ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री दाहाल
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
गठबन्धन तोड्न धेरै कसरत भइरहेको छ ; प्रचण्ड
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार