काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको जवाफमा कुनै सकारात्मक सन्देश र ठोस प्रतिवद्धता नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले देशको प्रमुखको अभिव्यक्ति यो तहको निराश, अन्यौल, अलमल किन भएको भन्दै प्रश्न उठाएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीको प्रश्नोत्तरमा र जवाफमा कुनै सकारात्मक सन्देश छैन्, कुनै उत्साह छैन्, कुनै जाँगर छैन्, कुनै ठोस प्रतिवद्धता पनि छैन् र अपिल पनि छैन् । यस्तो निराशा किन होला, देशको प्रमुखको अभिव्यक्ति यो तहको निराशा, अन्यौल, अलमल यस्तो किन होला, म अचम्मित हुन्छु । हामीले यो सदनमा भ्रष्टाचारको विरुद्धमा एक प्रकारको आन्दोलन गर्नुपर्यो ।
उनले स्वास्थ्य बीमाको माध्यमबाट जनताको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै सरकार जुन गैर जिम्मेवार बनेको छ त्यसको भत्र्सना गरेका छन् ।
उनले भने, विभिन्न जिल्लामा मेशिनहरु वेवारिसे अवस्थामा छन् ती मेशिनहरु पाल्पाको सरकारी अस्पतालमा पठाउँन, विशेषज्ञ डक्टरको व्यवस्था गर्न, पूर्वाधारको व्यवस्था गर्न माग गर्दछु । र बन्द भएका अस्पतालहरुमा बिमा सेवा सुचारु गर्न आग्रह गर्न चहान्छु होईन भने सरकारले स्वास्थ्य विमामा आवद्ध हुन सरकारको खर्चमा चलेको यो विज्ञापन कार्यक्रम बन्द गरेर यो बीमामा अब कोही पनि अवरुद्ध नहुने सन्देश प्रवाह गर्न माग गर्दछु ।