१२ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।
उनले भने,‘गणतन्त्र भनेको जनताको शासन हो । गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? नेताको छोरी या प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ?प्रश्न गर्न चाहान्छु । यस्तै नेता र उनीहरुको बच्चा बाट नै छ गणतन्त्रको खतरा र भ्रष्टाचारको जरा त्यहिबाट सुरु हुन्छ ।’
उनले भ्रष्टाचारको काण्ड सबै खोल्ने तर टुङ्गोमा किन पुुग्दैन् भनेर प्रश्न गरे ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?