काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भण्डारी नेकपाको पूर्व नेत्री भएकाले फेरी सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् ।
उनले भने, ‘पूर्व राष्ट्रपति विद्या देवी भण्डारी पूर्व नेता हो । हाम्रो पार्टीको उहाँदे अहिले फेरी नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानूनले पनि रोक्दैन् संविधानले पनि रोक्दैन् । पार्टीको विद्यानले पनि रोक्दैन् । आउने कि नआउने भन्ने बारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’
त्यस्तै उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपाले आफ्नो सरकार ढलाउँने र अरुको नेतृत्वमा सरकार बनाउँनको लागि हस्ताक्षर गर्दे हिडेको उनको दाबी छ ।
उनले भने, ‘आफ्नै पार्टीको नेतालाई अध्यक्षबाट फाल्ने संसदीय दलको नेताबाट फाल्ने, पार्टी सदस्यबाट पनि हटाउँने आफ्नो सत्ता गिराउन अरु सत्तासँग सहमति गर्ने हस्तक्षप गर्ने अनेक खेल भएका थिए । त्यसले पार्टी फेरी एक भएर जान सकेन त्यो पछि निर्माण गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको थियो । आफ्नो सरकार ढलाउँने र अरुको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दै हिडे त्यसैले नेकपा एकठाउँमा आउँन सकेन । यसको जिम्मेवार प्रचण्ड र माधव नेपाललगायतको नेता हो ।’