१४ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं। २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् ।
उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?