काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।
तर चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइएको भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।
नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.