काठमाडौं- तेस्रो संस्करणको केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।
केएमसी स्कुलको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले जानकारी दिए । सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले प्रतिस्पर्धामा सहभागिता जनाउने छन् ।
सिनियर ब्वाइज सहभागी टिमलाई ४ समूह तथा जुनियर ब्वाइज र गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । थ्री अन थ्री स्वरुपमा हुने शिक्षकको प्रतिस्पर्धामा भने ६ टोललीले सहभागिता जनाउने गापाले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक संयोजक इन्द्रमणि ज्ञवालीले जानकारी दिए । केएमसीका प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
भदौ २२ गतेसम्म चल्ने उक्त प्रतियोगिताका सबै खेलहरु केएमसीकै बुद्धनगरस्थित कोर्टमा खेलाइने छ ।