काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ। सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमबाट ७ लाख ६८ हजार जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्यूनतम १० कित्ताका दरले ७६,८०,००० कित्ता शेयर बाँडफाँड गरिएको छ।
जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१००÷— अंकित दरमा ९६,००,००० कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १००÷– अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मुल्य रु। २३९ मा साउन ३२ देखि मिति भदौ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिएको थियो।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पुर्ण स्वामित्व भएको सहायक कम्पनी हो। यस कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ।