१५ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए ।काठमाडौंको संस्कृति भएन भने बनारश अधुरो हुन्छ । बनारशलाई काठमाडौंसंँग जोड्न सकेनौं भने काठमाडौंका संस्कृति अधुरो हुन्छ । हामी सबै जना सांस्कृतिक एवं भाषागत रुपमा एकअर्कासँग जोडिएका छौं ।
नेपाललाई केन्द्र बनाएर महोत्सवको आयोजना गरिएकोमा आयोजक सबैलाई आभार प्रकट गर्दै उनले कलिङ साहित्य महोत्सवलाई जनतासम्म पु¥याउन सके सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?