१६ भदौ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखा- आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।
शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ ।
आज बिहानै ‘मर्निङ वाक्’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?