१७ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाग्लुङ- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै बाग्लुङका विभिन्न पालिकासहित पर्वत, गुल्मीसँगको सडक सम्पर्क टुटेको छ ।
ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।
सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनु भयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?