काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसंग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले भेट गरेका छन् । स्वास्थ्य मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको छ ।
भेटमा मन्त्री बस्नेतले चीन सरकारले भरतपुरस्थित वीपि कोईराला क्यान्सर हस्पिटल बनाउँन, सिभिल हस्पिटलको सुधार गर्न र कोभिडको समयमा आवश्यक उपकरणहरु उपलब्ध गराएको भन्दै प्रशंसा गरेका छन् ।
उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्धको एकदमै लामो ईतिहास रहेको छ, चीनले गरेको आर्थिक र प्राविधिक साथ र सहयोगको लागि म मनैदेखि प्रशंसा गर्न चहान्छु । चीन सरकारले भरतपुरमा रहेका वीपि कोईराल मेमोरियल क्यान्सर हस्पिटल बनाउन सिभिल हस्पिटलको सुधारको लागि सहयोग, कोभिडको समयमा जीवन रक्षाको लागि आवश्यक उपकरणहरु पनि उपलब्ध गराएको थियो । उनले चीन सरकारको यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोकको उपचारमा मद्दत पुगेको बताए ।
उनले भने, ‘वीपि कोईराला मेमोरियल क्यान्सर हस्पिटलको लागि स्वास्थ्य सामग्र र इमरजेन्सीको लागि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोगको उपचारको समस्यालाई मद्दत पुगेको छ । मेरो नेतृत्वमा मन्त्रालयले गरीब जनताहरुको लागि निशूल्क उपचारको व्यवस्था गरिएको छ ।’
भेटमा चिनियाँ राजदुत सोङले, चीन नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए । नेपालमा सिभिल अस्पताललगायत अन्य अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा संचालनमा आवश्यक सहयोग गरेको स्मरण गर्दै राजदुत सोङले स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताए ।
उनले भने ‘हामी चाहान्छौ कि नेपालमा अस्पतालका लागि आवश्यक भौतिक संरचना निमार्णमा थप सहयोग गर्न सकियोस् । त्यसका लागि चीन सरकार सधै सहकार्यका लागि तयार छ । ’