काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले, काठमाडौं महानगर प्रमुख बालेन साहले दिएको सिंहदबारमा आगो लगाउने आक्रोसपूर्ण चेतावनीप्रति आम नागरिकको साथ दुखद भएको टिप्पणी गरेका छन् ।
शनिबार राती साह पत्नी सबिना कार्की चढेको तिव्र गतिको महानगरपालिकाको गाडिलाई ट्राफिक प्रहरीले रोकेर जाँच गरेपछि बालेनले सामाजिक संजालमा दिएको आक्रोशपूर्ण चेतावनीप्रति आम नागरिकको सर्मथन दुखद भएको उनको टिप्पणी छ ।
सो घटनालाई लिएर हिजो साँझ बालेनले सिंहदरबारलाई जलाईदिने धम्कीसहित संघीय सरकारलाई गैरजिम्मेवार र “चोर”को उपमा दिएका थिए । नेपाली कांग्रेसका गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा आएका सांसद राजेन्द्र बजगाँईले साहको पोस्टमा उनका समर्थकले गरेको समर्थनले देश कहालीलाग्दो भीर भएको टिप्पणी गर्दै उक्त विषय दुखद भएको उल्लेख गरेका छन् । ‘बालेनको आक्रोशमा समर्थकको आक्रोशको यत्रो समर्थन, देश कहालीलाग्दो भीर भैसकेको छ । नेपालले सर्वदा विद्रोहकै पर्खाई गरिरहनु दुःखको विषय हो ।’
त्यस्तै उनले बालेनले प्रयोग गरेको “चोर” शब्दले सिंहदरबारमा अहिले रहेका र पछि पुग्ने सबैलाई हल्लाईरहने जनाएका छन् ।
आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सिंहदरबारमा अहिले रहनुहुने र सिंहदरबारमा पुग्छु भन्ने सबैका लागी “चोर” शब्दले हल्लाईरहनेछ ।’
यसअघि बालेनले, आफ्नो फेसबुकमा ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ लेखेका थिए ।
उनको यो पोष्टलाई लिएर आलोचना भइरहेका छन् ।