काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार भएको जिकिर गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ्द्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आएपनि मन बदल्न नसक्दाँ पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार्टी जसरी जनता र जरा भनेर फर्किएको छ त्यसले पार्टी रुपान्तरणमा मद्दत पुग्ने बताए ।
उनले भने, ‘युद्धबाट शान्तिमा आउँदा आएपछि बाटो परिवर्तन गरेका थियौं । तर हामीले मन बदल्न नसक्दा हाम्रो पार्टी धेरै चिरामा परिणत भयो र ती विभाजित विचारले हामीले गरेको राम्रो काम पनि भन्न नसक्ने अवस्थामा पार्टी पङ्ती पुगेको छ । हामीले जनतालाई ध्यान नदिएको कारण यस्तो भएको हो । जसरी अहिले जनता र जरा भनेर फर्किएका छौ, सरकारले जुन भ्रष्टाचारको विरुद्धमा जुन कदम चालेको छ त्यसलाई निरन्तरता दिने, इतिहासका प्रजातन्त्र पछि यति राम्रो काम गर्ने अहिलेको सरकार हो ।’
उनले अपूर्णताबाट मात्रै कुरा उठाउँने र विरोध गरेर मात्रै आफू राम्रो हुन्छ भन्ने कुरा राजनीतिले सिकाएको भन्दै भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने प्रतिवद्धता रहेको पनि बताए ।
उनले भने, ‘विरोध गरेर मात्रै आँफू राम्रो हुन्छ भन्ने नेपाली संस्कृति बनेको छ, मुख्य जिम्मेवारी यसमा राजनीतिक शक्तिको हो । हामीले अहिलेसम्म विरोध गर्न मात्रै सिकायौं । समानताबाट कहिले पनि कुरा उठाएनौं, हाम्रो अपूर्णताबाट मात्रै कुरा उठ्ने गर्छ त्यो राजनीतिले सिकाएको कुरा हो । भ्रष्टाचारको कुरामा म आए पनि प्रधानमन्त्री नै आएपनि नछोड्ने कुराको प्रतिवद्धता नै छ । अर्को प्रसंगमा उनले बन्द भएका एयरपोर्ट संचालन गर्न आफूले प्रयास गरिरहेको उनको भनाई छ ।
उनले भने, ‘बन्द भएका एयरपोर्टहरुलाई व्यवसायीतक रुपमा सञ्चालन गर्नको लागि हामी जहाज किन्दै छौ । एउटा जहाज वर्षौदेखि थन्किएर बसेको रहेछ, त्यो बन्दै छ त्यसपछि हामी तीनवटा जहाजहरु दुर्गम जाने जहाजहरु किन्ने अन्तिम तयारीमा छौ ।’