काठमाडौं- राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारीको ‘कार्य प्रगति’ विषयक पुस्तक लोर्कापण भएको छ । राष्ट्रिय महिला आयोगको सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले आयोगको सदस्यको रुपमा दुई वर्षे कार्यकालमा गरेका कामहरु समेटेर पुस्तक तयार गरेकी हुन् ।
उक्त पूस्तक विमोचन कार्यक्रममा उनले पूस्तकलाई आयोगका पदाधिकारीले मात्र नभई आम महिलाले, नेपाली महिलाका विगत र वर्तमानबारे जानकारी लिन आधारको रुपमा लिन सक्ने बताइन् ।
उनले भनिन,‘पूस्तकलाई आयोगका पदाधिकारिहरुमात्र नभई आम महिलाले विशेष आधारको रुपमा लिन आग्रह गर्दछु । महिलाको विगत वर्तमान भविष्यमा महिलाको अधिकारलाई सुधार व्यवस्थापन तथा चुनौतिको सामना सहितको समाज निमार्ण गर्न यो पूस्तकले बाटो खुल्ला गर्नेछ ।’
उनले आगामी निर्वाचनमा गठबन्धन होस या एक्लै होस जे भएपनि सरकारमा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएकी छन् । निर्वाचनको समयमा विभिन्न दलहरुले गठबन्धनको कारण धेरै महिलाहरु १ सय ५९ स्थानमा नेतृत्वबाट वञ्चित हुन पुगेको उनको भनाई छ ।