१८ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ । यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?