काठमाडौं- डा. दीपककुमार खरालले वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद बैठकले खराललाई वन सचिव नियुक्त गरेको हो ।
वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी सचिवमा सरुवा भएका छन् । योसागै दुबै सचिवले आफ्नो विषय विज्ञताअनुसार सचिवको जिम्मेवारी पाएका छन् ।
दुबै सचिवले आज आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने कार्यक्रम छ । यसअघि वन मामिलाका विज्ञका रुपमा रहेका सचिव खराललाई पशुपन्छीमा र कृषि मामिलमा जानकार सचिव पौडेललाई वन मन्त्रालयमा सचिवका रुपमा राखिएको थियो । यसले गर्दा मन्त्रालयहरुको कार्यसम्पादन राम्रो हुन नसकेको भन्दै आलोचना समेत भएको थियो ।
३ दशक वन सेवामा काम गरेका डा. खराल खरालले तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा वन्यजन्तु विभागको महानिर्देशकसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सदस्य सचिव र रेड कार्यक्रमको प्रमुख भएर समेत काम गरेका थिए ।
गत मंसिरमा पेमनारयाण कडेँल सेवा निवृत्त भएपछि खरालले वन सचिवाका रुपमा जिम्मेवारी पाउने आँकलन गरिए पनि सरकारले तत्कालीन कृषि सहसचिव रेवतीरमण पौडेललाई वन मन्त्रालयमा कामु सचिव बनाएको थियो । वनमा कामु सचिव बन्नुअघि पौडेल कृषि सेवा विभागका महानिर्देशक थिए । सचिवमा बढुवा भएपछि पनि पौडेल वनकै सचिवका रूपमा कायम थिए ।