काठमाडौं- एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा स्वीकृत गरेसंगै प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरु संसदमा ल्याउने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री दाहालको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रतिवेदन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै एक साता पछि बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.