१८ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद लिङदेनले विमानस्थलमा हुने अभद्र व्यवहारमा पनि सुधार हुनुपर्ने बताए ।
उनले भने ‘ विमानस्थलमा हुने अभद्र व्यवहारमा सुधार हुनुपर्छ । ती बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्छ । सांसद लिङदेनले वैदेशिक रोजगारमा जाने युवाहरुको समस्या र गुनासो निकै नै दुःख लाग्दो भएको बताए ।
युवाहरुको विषयमा सरकार गम्भीर हुनुपर्ने र यसको लागि विशेष कमिसन गठन गर्नु पर्ने उनको सुझाव छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?