१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’
उनले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?