काठमाडौं- नेपाली कांग्रेसकी नेत्री एवं सांसद कमला पन्तले मन्त्री फेरिनासाथ निजामती सचिवहरू फेरिनु राजनीति र कर्मचारीतन्त्रबीच रहिआएको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् ।
नेपाल निजमति कर्मचारी, युनियनको स्थापना दिवस विशेष कार्यक्रममा उनले कर्मचारीको कामभन्दा खराब राजनीतिको कारणले निजामति कर्मचारी ऐन आउन नसकेको टिप्पणी गरिन् ।
नेत्री पन्तले मन्त्रालयमा सुशासन स्थापना गर्न स्थिर निजामती कर्मचारी आवश्यक हुने बताउँदै मन्त्री फेरिना साथ भकुन्डो जसरी गरिने सचिव सरुवालाई रोक्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘मन्त्रालयमा सधैं चर्चा हुने सुशासन भएन भन्ने विषयमा, सुशासन किन भएन भन्दाखेरी मन्त्रालयमा सचिवहरू महिनैपिच्छे जति मन्त्री फेरिए उति भकुण्डो हुन्छन् । एउटा मन्त्रालयको कुरा एउटा सचिवले बुझिसकेको हुन्छ, अर्कोमा पठाइदिन्छन् । कुरा बुझ्नै समय लाग्छ । यो समस्या राजनीतिको हो कि निजामती हो ? यो फाइनल हुनुप¥यो।’
मन्त्रालयमा सुशासन स्थापित गर्न सचिव तथा कर्मचारीले सहजरुपमा काम गर्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिइन् ।
‘स्थायी सरकार भनेको निजामती कर्मचारी हो, अनि निजामती कर्मचारी खराब हो त ? राजनीति खराब कि निजामती ? हामीले यसलाई अध्ययन गर्नुपर्छ भनेर बोलेको थिए मैले । हाम्रा होनहार सचिव हाम्रै पार्टीको मन्त्रीबाट सरुवा हुनुभयो ।,’ पन्तले भनिन् ।