१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् ।
सांसद राइले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् ।
उनले राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्नपनि माग गरेकी छिन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?