१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले मानव बेचविखनको विषयमा आमरुपमा बहस गर्नुपर्ने बताएकी छिन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बेचविखनको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर रोकथामका उपाय अपनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘यो बहसको विषय हो तर पर्याप्त ढंगले यो संसद््मा बहस भएको छैन । आवश्यकताका अधारमा मात्र बहसको विषय बनाएका छौं । यो धेरै महत्वपूर्ण विषय हो ।’
मानव बेचविखनको विषयलाई महत्वको साथ लिनुपर्ने उनको भनाइ छ । अहिले मानव बेचविखनको प्रकृति फरक भएको र त्यसमा सबै जना सजक हुनुपर्ने उनले बताइन् । । वैदेशिक रोजगारमा गएकाहरू बेचविखनको सिकार हुने गरेको उनले सुनाइन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?