काठमाडौं- राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेँलले, केही सहकारीको गलत नियतका सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको गुनासो गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाजको १३ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले, पछिल्लो समय केही सहकारीमा समस्या आएकै कारण पुरै सरकारी क्षेत्रमाथि नै प्रश्न उठेको उनको टिप्पणी छ ।
उनले भने ‘पछिल्लो समय केही संस्थाहरुमा समस्या आएको नै छ त्यसकारणले पनि यस क्षेत्रमा अहिले प्रश्न चिन्ह खडा भएको छ । र वर्तमान अवस्थाका कारणले पनि तरलताको चापमा धेरै परेको छ । केही संस्थाहरु गलत नियतका साथ काम गरेका व्यक्तिहरुलाई कारबाही गर्नुपर्छ । वर्तमान परिस्थितिको कारण र तरलताको कारणले पनि समस्या देखिएको छ । तरलता बढेको अवस्था छ ।’
नेपालले सहकारी क्षेत्रलाई आर्थिक र सामाजिक रुपान्तरणको लागि मूल कानूनमा राख्न सफल बताएका छन् ।
अरु मुलुकमा सरकार र नीजि क्षेत्रको मात्रै कुरा आउँदा नेपालले सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेको भन्दै यसको माध्यमबाट मुलुकलाई समाजवादसम्म लानुपर्ने बताए ।
‘अरु मुलुकमा सरकार र नीजि क्षेत्रको मात्रै कुरा छ सहकारीको कुरा छैन्, तर हामीले तीन खम्बे अर्थनीति सार्वजनिक, नीजि र सहकारी तीन पक्ष मिलेर मुलुकको विकास गनुपर्छ आर्थिक, सामाजिक रुपान्तरण गर्नुपर्छ भनेर मूल कानूनमा राख्न सफल भयौं ।’ उनले भने, ‘यसमा रहेका कमि कमजोरीहरुलाई सच्चाउँदै भोलीका दिनमा संविधानले स्विकार गरे जस्तै तीन खम्बे अर्थनीति सार्वजनिक, नीजि र सहकारीको माध्यमबाट मुलुकलाई समाजवादमा पु¥याउने लक्ष्यलाई पूरा गर्नको लागि तपाईहरुबाट पनि महत्वपूर्ण भूमिका हुन्छ।’
उनले सहकारीलाई एउटा बलियो खम्बा बनाउँन सबैको भूमिका आवश्यक भएको भन्दै गरिबी न्यूकरणमा पनि सहकारीको भूमिका महत्वपूर्ण देखिएको बताए ।
उनले भने, ‘३२ हजार सहकारीहरु छन् नेपालमा त्यसमध्ये ७४ लाख सदस्यहरु छन् जसमध्य ५६ प्रतिशत महिलाहरु हुनुहुन्छ । ८ खर्बभन्दा बढि पुँजी परिचालित भएको छ । यसले आर्थिक, सामाजिक, सांस्कृति र वातावरणको क्षेत्रमा यसले परिवर्तन ल्याएर जनताको जीवन स्तर बदल्न धेरै ठूलो भूमिका खेलेको छ । ’