२० भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुमा शुरु हुनेछ ।
नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने बंगलादेश भारतसँग १–० गोलले नै हारेको थियो । त्यसैले समूह चरण पार गर्न नेपालले आज भारतलाई जित्नैपर्ने दबाब छ ।
भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले भारतलाई हराए तीनवटै टोलीको समान ३ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।
भारत साविक विजेता र नेपाल उपविजेता टोली हो । समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?