काठमाडौं- माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने धारणा राखिन ।
‘हाम्रा छोरी हाम्रो इज्जत हुन्, बेचविखन नगरौं भनेर आवाज उठाउन नसकेर यस्तो अवस्था आएको हो । यदी हामीले एकताबद्ध भएर निरन्तर आवाज उठाएनौं भने बेचविखनको अन्त्य गर्छौं भन्न मिल्दैन । यसलाई केही हदसम्म कम गर्न सकिएला तर अन्त्य गर्न सक्दैनौं ।’
उनले तस्करी पनि धेरै तरिकाले हुने गरेको र विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्या रुपमा खडा भईरहेको बताएकी छन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.