२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् ।
दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ । प्रतिनिधि सभाको बैठक पछाडि वा शुक्रबार बिहान सबै दलका शीर्ष नेताहरु, प्रमुख सचेतक र सचेतकहरुको बैठक राख्ने तयारी छ ।
‘संसदको बैठक भएकाले त्यस अगाडि सर्वदलीय बैठक सम्भव भएन । त्यसपछाडि बस्न सक्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भने ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?