२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।
बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।
बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १÷१ विकेट लिएका थिए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?