२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।
त्यसरी यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै उनले बरु नेपाल आएर एक दिन आएर जाँदा राम्रो हुने सुझाव दिए ।
‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन।बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’
उलने यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताएका छन् ।
साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रमले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?