२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको डाक्टर बिजुक्छेद्वारा विज्ञप्तिमा उल्लेख छ । सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर देखिएको चिकित्सकको भनाई छ ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?