२२ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। बाराका सुन व्यवसायी शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो।
सफरलाई बिहीबार साँझ पक्राउ गरे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कडायतका अनुसार उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।
यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?