• ११ मंसिर २०८१, मङ्गलबार
  • Tue, 26 Nov 2024
गोरखापत्र

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् उपचार

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाण्डौ- वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् सुन्न सक्ने बनाउने सेवा शुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट मार्फत सुन्न सक्ने बनाउने सेवा शुरु गरेको हो । यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानी भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ ।

'कतिपय बहिरोपन ९श्रवण शक्ति न्यून० रहेका बिरामीले कानमा डिभाइस ९यन्त्र० लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो,’ अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उहाँले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताउनुभयो ।

वीरमा अहिलेसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले १० लाख रुपैयाँ बराबरको यन्त्र सहयोग गरेको हो 

एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्,’ डा श्रेष्ठले भन्नुभयो, ‘अर्का ६० वर्षीया वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत् प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।’

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उहाँले केही प्राविधिक समस्या रहेकाले यो समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिनुभयो । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा यो सेवाका लागि सरकारले बिरामीलाई छ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण शुरु गरिने बताउनुभयो । उहाँका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?

हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन ९दिमाग०मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभइ दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ,’ अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भन्नुभयो ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र ९मेसिन० इयरफोन लगाएर सुन्न सक्ने बनाइने उहाँले बताउनुभयो । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उहाँको भनाइ थियो ।

जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा छ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिनुभयो । यदि छ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उहाँले बताउनुभयो ।

‘छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्,’ नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भन्नुभयो, ‘जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।’

कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा श्रेष्ठले बताउनुभयो । ‘यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्छौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ,’ उहाँले भन्नुभयो ।

के कारणले कान सुनिँदैन ?

मेनेजाइटिक्स, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । उहाँले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । ‘अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।’

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण शुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताउनुभयो । ‘पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई छ लाख रुपैयाँ बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताउनुभयो । उहाँले सेवारसुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा शुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो । 

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र