२४ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विराटनगर- नेकपा एमाले निकट युवा संघ नेपालले कोशी प्रदेशको अधिवेशनबाट संघको नयाँ कमिटी चयन गरेको छ।
संघको अध्यक्षमा अरुण गुरुङ निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो र कोषाध्यक्षमा दीपेन्द्र तामाङ निर्वाचित भएका हुन्। अधिवेशनले साइबर सर्कल प्रमुखको जिम्मेवारी सागर पोखरेललाई दिएको छ।
यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ। अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित भएका छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?