२४ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनकुटा- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?