२४ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । प्रहरीले बोलाएपछि भण्डारीले आइतबार सीआईबी गएका थिए । उनलाई सोधपुछ गरेर पठाएको सीआईबी स्रोतले जनाएको छ ।
भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?