२४ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- हप्ताको पहिलो दिन शेयर बजार बढेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ।
आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ। सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले ओरालो लागेको छ।
आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?