काठमाडौँ- युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले जितेकी छिन् ।
२१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ग्यारेटले आईतबार उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि हात पारेकी हुनु ।
त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअपको उपाधि अभिलासा लम्सालले जितेको आयोजकले जनाएको छ ।
विजयी प्रतिश्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालका विजेता सोफिया भुजेलले ताज पहिराईन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो ।
रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योतिले एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३मा निर्णायकको भूमिका निभाएका थिए ।
प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । उपाधि विजेताले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन ।