२४ भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरु सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए ।
‘देशलाई यो भन्दाबढि बर्वाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरु बीच एकता र सहकार्य आवश्यक छ । यसको लागि ढिला गर्नु हुँदैन् । ’उनले भने ।
राजा, राजनीतिक दल र जनताहरु मिलेर नयाँ व्यवस्थाको निमार्ण गर्न ढिला गर्न नहुने उनको तर्क छ ।
उनले बीपीको विशेष मेलमिलाप नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्न ढिला गर्न नहुने बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?