२५ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ओखलढुंगा- लिखु गाउँपालिका–६ रातेडाँडा स्थायी ठेगाना भएका ६४ वर्षीय कुलबहादुर सुराली मगर सोमबार मृत भेटिएका छन् । शनिबार बेलुकी ७ बजे लिखु–६ मिलनचोकदेखि आलुसहितको झोला बोकेर घर फर्किएका मगर सोही दिनदेखि बेपत्ता थिए ।
खोजी गर्ने क्रममा सोमबार उनको घरदेखि पाँच सय मिटर पश्चिम–उत्तर गोरेटोबाटोबाट एक मिटर तल मृत अवस्थामा भेटिएका हुन् ।
उनी लडेर रुखमा झोला अल्झिएको र घाँटीमा झोलाको पासो लागेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी घटनास्थल पुगी आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको समेत जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?