काठमाडौं- बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्। महोत्सवमा सोमबार बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरिँदैछ।
मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्दकुमारले प्रस्तुति दिने कार्यक्रम रहेको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्।
दोस्रो दिनको अन्त्यमा ३० गजलकारबाट गजल साँझको आयोजना हुने नेपाली कांग्रेसले जनाएको छ। कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिले महोत्सव गरेको हो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.