२५ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।
खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?