२६ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनुषा- जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।
आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामनरेश पण्डितले जानकारी दिए ।यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?