काठमाडौं- समाजवादी मोर्चा नेपालले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
मंगलबार मोर्चाका संयोजक पूर्व प्रधानमन्त्री माधब कुमार नेपालद्वारा शोक वक्तव्य जारी गर्दै नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
संविधान सभाबाट संविधान निर्माण गर्न, नेपाली क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न तथा नेपालको शान्ति प्रक्रियालाई अघि बढाउन उनले खेलेको भूमिका उल्लेखनीय रहेको मोर्चाको भनाई छ ।
उनले भनेका छन् ‘राष्ट्रको लागि उहाँको अमूल्य योगदानको उच्च सम्मान गर्दै दुःखको यस घडिमा उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गदैर्छौ ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.