२६ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ ।’ उनले भने ।
सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देश बाहिर रहेकाले अन्त्येष्ठिको दिन तोकिएको छैन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?