काठमाडौं- एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् ।
नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता–कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।
पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बसेकी थिइन् । उनलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.