काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।
एसिया कप क्रिकेटको सुपर फोरु मा श्रीलङ्कासँगको खेलमा रोहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाको बलमा छक्का प्रहार गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
रोहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटौँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर ९१८४२६०, विराट कोहली ९१३०२४०, सौरभ गाङ्गुली ९११३६३०, राहुल द्रभिड ९१०८८९० र महेन्द्रसिंह धोनी ९१०७७३० ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।
यस्तै रोहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा यो उपलब्धि हासिल गरेका छन् । रोहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट कोहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.