२६ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सरेको छ।
बुधबार दिउँसो १ बजे हुने भनिएको पूर्व निर्धारित बैठक अब बिहिबार दिउँसो तीन बजेसम्म चल्ने संसद् सचिवालयले जनाएको छ।
नेम्वाङको मंगलबार बिहान साढे दुई बजे हृदयघातका कारण निधन भएको थियो।
बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?