२७ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् ।
चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभनमा पारी दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेकी हुन् ।
प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जानकारी दिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?