२८ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ ।
बिहीबार बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको छ ।
मंगलबार निधन भएका नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?